झापा, असोज १३ । सरकार र चिकित्सकबीच सहमति भएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको सुनिश्चितता गर्नुपर्नेलगायतका माग संघर्ष समितिले राखेको थियो।
सहमतिपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् । सहमतिसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
यस्तो छ सहमतिपत्र

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्