बिर्तामोड, असोज १३ । शनिवार बिर्तामोडको पाथीभरा सिनेप्लाजाको सभाहल खचाखच भरिएको थियो ।

आफ्नै जातीय भेषभुषा र गरगहनामा सजिएका युवती र महिलाहरु जितियाको गीत नृत्यमा झुमिरहेका थिए । थारु कल्याणकारिणी सभा झापाले थारु महिलाहरुको महान चाड जितियाको अवसरमा सो कार्यक्रम आयोजना गरेको होे । कार्यक्रममा जिल्लाभरिका थारु समुदायको उपस्थिति रहेको थियो ।

थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष अमृत चौधरीको अध्यक्षता तथा केन्द्रीय सदस्य कृष्णकुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन,बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा , ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा,बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोलालगायतको आतिथ्य रहेको थियो । जिल्ला उपाध्यक्ष कुसुम चौधरीले स्वागत गरेको कार्यक्रमको संचालन राजनारायण चौधरीले गरेका थिए ।

थारु समुदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई बिजय अर्थात् जितका रुपमा लिदैं महिलाहरुले तीन दिनसम्म महत्वका साथ जितिया मनाउँदछन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्