बिर्तामोड, असोज १४ । समुदायको स्वास्थ्यलाई मध्यनजर गर्दै झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी टोलमा योग शिविर शुरु भएको छ ।

टोल विकास संस्थाको आयोजनामा आइतबारदेखि योग शिविर शुरु भएको हो । समुन्नत समाज निर्माणका लागि स्वस्थ नागरिकको परिकल्पना गर्दै योग शिविर सञ्चालन गरिएको टोल विकास संस्थाका अध्यक्ष भक्ति पाठकले जानकारी दिए । पहिलो दिनको उद्घाटन कार्यक्रम सिद्धिविनायक गणेश पाञ्चायन मन्दिरमा गरिएको र आजको योग अभ्याससमेत मन्दिरमा नै गरिएको टोल विकास संस्थाका सहसचिव दिनेश अधिकारीले बताए ।

सोमबारदेखि नियमित कक्षा मेघाबारी टोल विकास रोड नम्बर ७ स्थित अदुवा पुलसँगै रहेको नेवाः पासा मुना पुचःको सामुदायिक भवनमा सञ्चालन हुने उनले जानकारी दिए । संस्थाले समुदायको लागि सामान्य पानी र बिद्युत महशुल तिर्नेगरी भवन उपलब्ध गराएको छ । उक्त हलमा करिब १ सय जनाले एकै पटक योग गर्न मिल्ने संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजकी प्रशिक्षक अनिता रेग्मीले प्रशिक्षण दिने संस्थाले जनाएको छ ।

उद्घाटनका दिन दुई दर्जनबढीको सहभागिता रहेको थियो । योग कक्षामा सहभागी हुन चाहनेहरुले आफ्नो लागि आवश्यक म्याट लिएर विहान साढे ४ बजे आउन सकिने टोल विकास संस्थाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्