![](https://pratidindaily.com/wp-content/uploads/2023/10/Taplejung-photo-1024x533.jpg)
झापा, असोज १४। रोजगारीको सिलसिलामा भारतको सिक्किम गएर गाउँ नफर्किएका (घर बिर्सेका) ताप्लेजुङका एक वृद्धलाई आफन्तको जिम्मा लगाइएको छ । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका-३ लिबाङ घर भएका ७१ वर्षीय अमरबहादुर नैदम्बा लिम्बूलाई आफन्तको जिम्मा लगाइएको हो । २०४९ सालतिर सिक्किम पलायन भएका लिम्बूलाई सिक्किमबासी एक युवाको टोलीले ताप्लेजुङ ल्याएर आफन्तको जिम्मा लगाएका हुन् । पश्चिम सिक्किम रिन्छेनपुङका फुर्वा छिरिङ भुटिया नेतृत्वको टोलीले वृद्ध लिम्बूलाई आफन्तको जिम्मा लगाएको छ ।