झापा, असोज १५ । लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत पाँच भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेशिन, राइस कुकर, एयरड्रप्स र स्मार्ट वाचजस्ता इलेक्ट्रोनिक्स सामान जित्ने मौका पाउने छन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५,००० सम्मको लिट्मस केबल खरिद गरी त्यसको अनिवार्य भ्याट बिलसहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५मा ह्वाट्सएप वा भाइवर गरी पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेशिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन् ।
यो योजना १५ असोजदेखि ३० कात्तिकसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

नेपालको अग्रणी केबल निर्माता लिट्मस इन्डस्ट्रिज लिमिटेडले २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । सन् २०१४ देखि लिट्मस इन्डष्ट्रिज लिमिटेडले नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार, केबल तथा कनेक्टरको उत्पादन गर्दै आएको छ । लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायले प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तरप्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्