झापा , असोज १६ । भारतले नेपाललाई २ सय ३ रनको चुनौति दिएको छ।

चीनको झेजिङ युनिभर्सिटीको खेलमैदानमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । भारतले चार विकेट गुमाएर २ सय २ रन बनायो।
ओपनर यजस्वी जैसवालले शतक पूरा गरे। जैसवाललाई दिपेन्द्र सिंह ऐरीले पेभिलियन फर्काए। आक्रामक ब्याटिङ गर्दै जैसवालले ४८ बलमा शतक पूरा गरेका थिए।

भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भए भने रिंकु सिंहले ३७ रन बनाएर नटआउट रहँदा शिभम दुवे पनि २५ रनमा अविजित रहे।
नेपालका दिपेन्द्रले २ तथा संदीप लामिछाने र सोमपाल कामीले एक–एक विकेट लिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्