बिर्तामोड, असोज १७ । नेपाल महिला संघ झापाको क्षेत्रीय तदर्थ समिति विस्तार गरिएको छ ।

यसअघि जिल्ला समितिको बैठकको निर्णयअनुसार क्षेत्रस्तरमा खटाइएका जिल्ला पदाधिकारी एवं प्रतिनिधि र पार्टीको क्षेत्रीय समितिसँगको समन्वयमा झापाका पाँचवटै क्षेत्रमा समिति विस्तार गरिएको हो ।

नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा केन्द्रीय सदस्यहरु उमा शिवाकोटी र राधा कार्कीको उपस्थितिमा सम्पन्न जिल्ला समितिको बैठकले गठित समितिलाई अनुमोदन गरेको छ ।
जसअन्तर्गत नेपाल महिला संघ झापा क्षेत्र नं–१ को अध्यक्षमा रचना घिमिरे चयन भएकी छन् । समितिको उपाध्यक्षमा विष्णु राई, सचिव धनकला दाहाल थापा र कृष्णा खनाल, सहसचिवमा विनादेवी खनाल र कोषाध्यक्षमा सिता ढुङ्गाना रहेका छन् ।

यसैगरी नेपाल महिला संघ झापा क्षेत्र नं–२ को अध्यक्षमा मनु विश्वकर्मा चयन भएकी छन् । समितिको उपाध्यक्षमा लक्ष्मी तिम्सिना र शोभा आचार्य, सचिव प्रभा पौडेल र पूर्णिमा सिटौला, सहसचिवमा सिता चुडाल सुवेदी, सरिता ओली र ज्ञानु थापा तथा कोषाध्यक्षमा सावित्रा ओडारी बाह्रकोटी चयन भएको संयोजक एवं नेपाल महिला संघ झापा सचिव उर्मिला ढकाल पोखरेलले जानकारी दिइन् ।

यसैगरी झापा क्षेत्र नं ३ को महिला संघ अध्यक्षमा उर्मिला गौतम चयन भएकी छन् । समितिको उपाध्यक्षमा मेनुका भट्टराई दाहाल र भीमा दाहाल, सचिवमा शिला तामाङ र मिना लिम्बू र कोषाध्यक्षमा लक्ष्मी निरौला चयन भएका छन् ।

यसैगरी झापा क्षेत्र नं ४ महिला संघको तदर्थ समितिको अध्यक्षमा पुष्पा प्रसाई चयन भएकी छन् । समितिको उपाध्यक्षमा दुर्गा ओली र बेलवती राजवंशी, सचिवमा डा. ग्रिसा रावल र सहसचिवमा यामकुमारी प्रधान र पवित्रा पाण्डे, कोषाध्यक्षमा निर्मला बस्नेत चयन भएका छन् ।

यसैगरी नेपाल महिला संघ झापा क्षेत्र नं ५ को तदर्थ समिति अध्यक्षमा गोमा बुढाथोकी चयन भएकी छन् । समितिको उपाध्यक्षमा कमला बास्कोटा, सचिवमा कल्पना थापा, सहसचिवमा सुशिला प्रसाई रहेका छन् ।
बैठकले केही समयका लागि नेपाल महिला संघ झापा उपाध्यक्ष शर्मिला अधिकारीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी पनि तोकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्