विनोद सापकोटा,
झिलझिले । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएका छन् ।


विद्यालयको लेखा शाखामा रहेका प्रधानाध्यापक लालमणी सुवेदीलाई सोही विद्यालयमा यसअघि कार्यरत शिक्षक गणेश भण्डारीले थप्पड हानेका हुन् । उनी गएको असोज ३ गते मात्र सेवा निवृत्त भएका थिए ।
भण्डारीको संचित विदाका विषयमा नियमविपरित नगर्ने प्रधानाध्यापक सुवेदीले अड्डी नछोडेपछि रिसले चुर भएका भण्डारीले झुक्याएर थप्पड हानेको स्रोतले बताएको छ । ‘भण्डारीको संचित विदा सकिएको थियो । प्रधानाध्यापकलाई उनले संचित विदा सकिएपनि नियमअनुसार नै विदा सिफारिस गरिदिन अनुरोध गरेका थिए’ स्रोतले भन्यो, ‘प्रधानाध्यापक सुवेदीले भण्डारीको माग बमोजिम कानुनविपरित सिफारिस दिन नसक्ने बताएपछि भण्डारीले थप्पड हानेका हुन् ।’
यसैबीच इलाका प्रहरी कार्यालय झिलझिलेले प्रधानाध्यापक सुवेदीलाई थप्पड हान्ने शिक्षक भण्डारीलाई पक्राउ गरेको छ । पक्राउ परेका शिक्षकलाई अनुसन्धानका लागि प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्