झापा,असोज १९ । ल्होनाक ताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण भारतको सिक्किममा मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बुरदांग इलाकाबाट बेपत्ता भएका २३ सैनिक जवानमध्ये ७ जनाको शव नदीको तल्लो क्षेत्रबाट बरामद गरिएको बताए । बेपत्ता जवानमध्ये एकजनालाई जीवितै उद्धार गरिएको छ । १५जवानसहित जम्मा ११८ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्