झापा,असोज २० । मालपोत कार्यालय झापामा दृष्टिबन्धक पास गर्दा ऋणीले तिर्ने गरेको राजस्व बैंकको नाममा जम्मा भएपछि लेखापढी कानुन व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

दृष्टिबन्धक पास गर्दा मालपोत कार्यालयमा राजस्व तिर्नुपर्ने हुन्छ । सो राजस्व बैंकबाट ऋण लिने ऋणीहरुलाई तिराउने गरिन्छ । तर, मालपोत कार्यालयले सो राजस्व ऋणीको नाममा नभई ऋण दिने बैंकको नाममा जम्मा गर्ने पाइएको हो । मालपोत कार्यालयका खरिदार रमेश पाण्डे र नायव सुब्बा पदम खतिवडाले दृष्टिबन्धक पास गर्दा राजस्व बुझ्ने गरेका छन् । त्यसरी एकजनासंग राजस्व लिएर अर्काको नाममा जम्मा गरेपछि लेखापढी कानुन व्यवसायीहरुले आपत्ति जनाएका हुन् ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय समितिका लोकनाथ भट्टराई , पुरुषोत्तम अधिकारीलगायतले त्यसबारे मालपोत कार्यालयका सम्बन्धित कर्मचारीहरुको ध्यानाकर्षण गराएका छन् । आफूहरुले ध्यानाकर्षण गराउँदासमेत कर्मचारीहरुले माथिको आदेश भन्दै अटेर गरेको एशोसिएसनका लोकनाथ भट्टराईले बताए । उनले त्यसप्रति राजस्व तिर्ने ऋणीहरुले समेत चासो राख्नुपर्नेमा जोड दिए । गलत प्रक्रियाका बारेमा आफूहरुले सम्बन्धित सबैको ध्यानाकर्षण गराउने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्