झापा , असोज २० । भारतको सिक्किममा अचानक आएको बाढीबाट सात सैनिकसहित कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।

विगत तीन दिनमा छिमेकी राज्य पश्चिम बंगालमा टिस्ता नदीको किनारमा थप २७ वटा शव भेटिएका छन् । त्यसमध्ये सात वटा शवको पहिचान भएको छ ।

अचानक आएको बाढीबाट २५ हजार जनाभन्दा बढी प्रभावित भएका छन् । करिव १२ सय घर क्षतिग्रस्त भएका छन् भने १३ वटा पुल नष्ट भएका छन् । १४० भन्दा बढी मानिस अझै बेपत्ता छन् । हजारौ मानिस विस्थापित बनेका छन् । सिक्किम सरकारले १ हजार १७३ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताउँदै २ हजार ४१३ जनालाई उद्धार गरिएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्