झापा,असोज२०। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निणर्य गरेको हो ।एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए ।मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज शनिबार प्रदेशसभा बैठक बोलाइएको थियो ।संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यावसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरि उनले राजीनामा दिने भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्