झापा, असोज २२ । राष्ट्रिय भूमि आयोगका तीनजना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोशी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् । हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरु पक्राउ परेको बताइएको छ ।

आइतबार राति १० बजे जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उनीहरुलाई फेला पारेका थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्बजनिक भएको हो।

पौडेलले उनीहरुविरूद्ध आज जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको छ ।
ती कर्मचारीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थपको लागि माग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्