एजेन्सी । केही पश्चिमा राष्ट्रहरुले इजरायलको समर्थन गरिरहँदा न्यूयोर्क , लन्डन र सिड्नीमा त्यसको विरोध गर्दै प्यालेस्टाइनको पक्षमा हजारौले प्रदर्शन गरेका छन् ।

न्यूयोर्कमा निकालिएको प्रदर्शन

इजरायलको समर्थनमा अमेरिका , बेलायत , फ्रान्स , अष्ट्रेलियालगायतका देशहरु देखिएका छन् । इजरायलको समर्थनमा अष्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसमा निलो र सेतो बत्ती बालिएको थियो । जसको विरोध गर्दै ओपेरा हाउसबाहिर हजारौ सर्वसाधारण भेला भएका थिए । त्यस्तै फ्रान्सले पनि इजरायलको समर्थन गर्दै पेरिसको इफिल टावरमा निलो र सेतो बत्ती बालेको थियो । त्यस्तै लन्डनमा रहेको बेलायती संसदमा पनि इजरायलको समर्थनमा निलो र सेतो बत्ती बालिएको थियो ।

लन्डनमा निकालिएको प्रदर्शन
सिड्नीको ओपेरा हाउसबाहिर निकालिएको प्रदर्शन

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्