झापा,असोज२३। धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत अवैध रुपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार प्रहरी टोलीले सोमबार शहिदभुमी गाउँपालिका र साँगुरी गढी गाउँपालिका क्षेत्रका विभिन्न स्थानहरूमा लगाइएको ८६ रोपनी करिब ३७ हजार २ सय वटा गाँजाको बोट नष्ट गरेको हो । अवैध रुपमा लगाइएको गाँजाका बोटहरू नष्ट गर्ने कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्