झापा,असोज २३। ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् ।समुद्र सतहबाट चार हजार दुई सय मिटर उचाइमा अवस्थित ताप्लेजुङ आलुको भण्डारणका उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ याङमा र ६ घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमी आएपछि निराश भएका कृषक यस सिजनमा आलु उत्पादनमा सुधार आएसँगै कृषकको आशा पलाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्