झापा,असोज२४।कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निणर्य लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे समेत निणर्य लिनेछ ।‘त्यसैदिनको पदाधिकारी बैठकले कोशी सरकार गठनबारे के गर्ने भन्ने निणर्य लिन्छौ’, श्रेष्ठले भने ।कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्