झापा , असोज २६ । झापाको गौरीगञ्जमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ का २५ बर्षिय प्रकाश निरौला रहेका छन् । हिजो साँझ करिब ५ बजे गौरीगञ्ज गाउँपालिका वडा नं. २ स्थित प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प ६७४६ न.को स्कुटरमा सवार निरौलालाई ४ ग्राम ८३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्