बिर्तामोड , असोज २६ । नेपाली कांग्रेस जात्रुवारी टोल समिति बिर्तामोड ५ को आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

आउँदै गरेको बडादशै , शुभदीपावली तथा छठ पर्वको उपलक्ष्यमा टोल समितिले सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका सहभागीहरुले हमास र इजरायल युद्धमा परी १० नेपालीले ज्यान गुमाएको घटनाले सारा नेपालीलाई दुःखी बनाएको बताएका थिए । नेपाली कांग्रेस जात्रुवारी टोल समितिकी संयोजक रुपा राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका जिल्ला सचिव कृष्ण कुमागाँई रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि हुमागाँई , महाधिवेशन प्रतिनिधि सीता पौडेल , क्षेत्र नं २ का सभापति खगेन्द्र मैनाली , जिल्ला सदस्य पुष्पलाल चौधरी ,नगर सभापति भोजराज सिटौला , एमालेका जिल्ला सल्लाहकार घनश्याम गिरी , माओवादी केन्द्रका देवीचरण रेग्मी ,राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , हेल्प नेपालकी अध्यक्ष हेमकला कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , कांग्रेसका जिल्ला सदस्यहरु ओमकृष्ण बिमली , प्रकाश शिवाकोटी ,नगर कोषाध्यक्ष पार्वता खरेल बिमली, वडा नं ५ का वडा सभापति दीपक मेन्याङ्वो ,बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला , न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाँई ,पार्टीका क्षेत्रीय सदस्य चन्द्र कट्टेल ,क्षेत्रीय प्रतिनिधि लवकुमार चौधरी, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशीलगायतको उपस्थिति रहेको थियो । वडा उपसभापति खगेन्द्र प्रसाईले स्वागत गरेको कार्यक्रमको संचालन जनार्दन बास्कोटाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्