हल्दिवारी, असोज २६ । झापाको हल्दिबारी– ३ मा नेकपा (माओवादी केन्द्र) को वडा कमिटीको पुनर्गठन भएको छ ।

डिकविर कुलुङ राईको अध्यक्षतामा ९ सदस्यीय नेकपा (माओवादी केन्द्र) हल्दिबारी गाउँपालिका ३ नंं. वडा कमिटी पुनर्गठन गरिएको हो । माओवादी केन्द्रद्वारा देशव्यापी रुपमा संचालन गरिएको जनतासँग माओवादी विशेष रुपान्तरण ३ महिने अभियानअन्तर्गत हल्दिबारी ३ मा वडा कमिटी पुनर्गठन गरिएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य सावित्रीकुमार काफ्ले (समर) को प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रीय सदस्य तथा हल्दिबारी कमाण्ड ईन्चार्ज ममता ताजपुरियाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन हल्दिबारी गाउँ कमिटी सचिव जितबहादुर राजवंशीले गरेका थिए । त्यस्तै स्वागत मन्तव्य गाउँ कमिटी उपाध्यक्ष टिकादेवी राउतले गरेकी थिइन् ।

त्यसैगरी भेलाले शितल किस्कुको अध्यक्षतामा ९ सदस्यीय मजदुर संगठन निर्माण गरेको छ भने रञ्जना मिश्रको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल महिला संगठन गठन गरेको छ । त्यसैगरी धिरेन गिरीको अध्यक्षतामा ७ सदस्यीय अखिल क्रान्तिकारी ३ नं. वडा कमिटी गठन गरिएको हल्दिबारी कमाण्ड ईन्चार्ज ममता ताजपुरियाले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्