एजेन्सी ।न्युजिल्यान्डले विश्वकप २०२३ मा बुधबार अफगानिस्तानमाथि १ सय ४९ रनको सजिलो जित निकालेको छ ।

यसअघि इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध भने त्यस्तै खेल प्रदर्शन गर्न सकेन ।

पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो । त्यसमा ग्लेन फिलिप्सले ७१ रनको सबैभन्दा ठूलो योगदान दिए । यस्तै ओपनर विल योङले पनि ५४ रन बनाए भने टम लथामले ६८ रन जोडे ।
जवाफमा अफगानिस्तानले ३४.४ ओभरमा अलआउट हुन अगाडि १ सय ३९ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका कोही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । रहमत शाहको ३६ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्