झापा , कात्तिक २ । प्रतिबन्धित ब्राउनसुगरसहित दमकमा चारजना पक्राउ परेका छन् ।

आज दिउँसो २.३० बजे दमक नगरपालिका वडा नं.५ सुकुम्बासी टोलमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोही ठाउँ बस्ने २४ वर्षिय समिर गजमेरको घर कोठामा छापा मारेको थियो ।

त्यसक्रममा निज समिर गजमेर, दमक वडा नं .६ बस्ने २९ वर्षिय रोशल बुढाथोकी, वडा नं.५ बस्ने २४ वर्षिय रोशन माझी र ईलाम चुलाचुली गाउँपालिका वडा नं. ४ बस्ने २३ वर्षिय सागर लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो । ती चारैजनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्