झापा,कात्तिक ३ । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४१ हजार नाघेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४१ हजार ५५३ जना संक्रमित भएका छन् । अक्टोबरका १९ दिनमा मात्र आठ हजार २८४ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ५२८ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्