झापा,कात्तिक ८ । अंग्रेजी शिक्षकहरूको संस्था नेपाल ईंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा) झापाले शुभकामना आदान–प्रदान गरेको छ ।

बडादशैं, तिहार तथा छठलगायतका पर्वहरुको अवसर पारेर नेल्टा झापाले बिर्तामोडमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई (मामा) ले शुभकामना मन्तव्य व्यक्त गर्दै नेल्टाले आफ्नो कार्यकालमा शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै सबैको सहयोग भएमा अझै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे । बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मीको प्रमुख आतिथ्य रहेको कार्यक्रमकाबीच नेल्टा झापाका सचिव टिका सुवेदीले संस्थाको स्थापना र हालसम्म गरिएका महत्वपूर्ण कार्यविवरण प्रस्तुत गर्दै भावी योजनाका बारेका जानकारी गराएका थिए । स्वागत नेल्टा झापाका उपाध्यक्ष प्रकाश पराजुलीले गरेको कार्यक्रमको सञ्चालन सह–सचिव केशव उप्रेतीले गरेका थिए ।

कंगारु एजुकेशन फाउण्डेशन बिर्तामोडको बिशेष सहयोग रहेको उक्त कार्यक्रममा न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाई, साहित्य चौतारी झापाका संस्थापक देबीभक्त श्रेष्ठ, एन.प्याब्सन झापाका अध्यक्ष प्रेम लिम्बू, प्रविधिमैत्री शिक्षक समाज(एसटिएफटि) झापाका तिलक गजमेर, सञ्चारकर्मी तीर्थ सिग्देल, नेल्टा झापाका प्रमुख सल्लाहकार केशव मैनाली र कंगारु एजुकेशन फाउण्डेशनका इश्वर पोखरेलले दशैंलगायतका चाडपर्वहरुको शुभकामना ब्यक्त गर्दै नेल्टाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा झापाका अंग्रेजी शिक्षकहरुको उपस्थिति रहेको नेल्टा झापाका कोषाध्यक्ष वत्सल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्