बिर्तामोड, कात्तिक ८ । जिल्ला सरकारी वकिलको कार्यालय झापाको कार आज बिहान इलाममा दुर्घटनामा परेको छ ।

बिहान ११ बजे इलामको बरबोटेबाट गैरीगाउँतर्फ जान लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयको बा २ झ २६७१ नं को कार दुर्घटनामा परेको हो । कार रोकेर बाटोको ढुंगा पन्छाउन खोज्दा सो कार आफै ब्याक भएर सडकबाट करिव ३ मिटर तल झरेको प्रहरीले जनाएको छ ।

कारमा जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य र चालक सवार रहेका थिए । दुवै सकुशल रहेको जनाइएको छ । बडादशैँको टिका लगाएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्