झापा, कात्तिक ९ । रोजगारीका लागि भारतको महाराष्ट्र गएका झापा कचनकवल गाउँपालिकाका एक व्यक्तिको निधन भएको छ ।

कचनकवल ३ बसन्त टोल निवासी करिव ४० वर्षका बिष्णुप्रसाद पाठकको भारत महाराष्ट्रको पुनेमा गएराति ह्रदयघातका कारण निधन भएको हो । उनी विगत २० वर्षदेखि होटलमा काम गर्दै आएको स्थानीय जयनारायण यादवले जानकारी दिएका छन् ।कृष्णप्रसाद पाठकका ३ छोरामध्ये जेठा बिष्णुप्रसाद विगत लामो समयदेखि भारतको महाराष्ट्र पुनेमा होटलमा काम गर्दै आएकोमा राति सुतेको अवस्थामा स्वास्थ्यमा समस्या भई उपचारको लागि अस्पताल लाँदै गर्दा निधन भएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । पाठक दुई छोरा, एक छोरी र श्रीमतीसहित कचनकवल ३ बसन्त टोलमा बस्दै आएका थिए । पाठकको साथमा कान्छा छोरा संगै रहेका थिए । उनको पार्थिव शरीर पोस्टमार्टम र कानुनी प्रक्रिया पूरा गरी घर ल्याउने तयारी भईरहेको उपाध्यक्ष भट्टराईले जानकारी दिए । पाठकको शव कात्तिक १० गते रातिसम्म आईपुग्ने पारिवारिक स्रोतले जनाएको छ । पाठकको निधनले पुरै गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्