झापा, कात्तिक १० । रोजगारीका लागि साउदी अरब जाँदा विरामी परेका सुनसरी खनारका चन्द्र राजवंशीलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको पहलमा उद्धार गरिएको छ ।

कम्पनीमा काम गर्दैगर्दा उच्च रक्तचापले हानेर ढलेका राजवंशी बोलीसमेत बन्द भएर बोल्न नसक्ने अवस्थामा पुगेका थिए । नेपाली श्रमिकको समस्या र समाधान बिषयमा नेपाली दूतावास साउदी अरबद्वारा आयोजित कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका शर्माले राजवंशीको स्थितिबारे थाहा पाएलगत्तै उद्धारको पहल शुरु गरेका थिए । एक साताभित्र कागजी प्रक्रिया पुरा गरी शर्माले नै जहाजको टिकट पठाइदिएपछि राजवंशी नेपाल फर्किएका हुन् ।

उनलाई झापा क्षेत्र नं. १ का सांसदसमेत रहेका शर्माको पहलमा नेपालमा ल्याएर उपचार शुरु गरिएको छ ।
शर्माले काँग्रेस सांसद तथा नोबेल अस्पतालका सञ्चालक सुनिल शर्मासंग समन्वय गरेर बिराटनगरस्थित नोबेल अस्पतालमा राजवंशीको निःशुल्क उपचार शुरु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्