एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईलाई मध्यपूर्वमा अमेरिकी सैनिकलाई निशाना नबनाउन चेतावनी दिएका छन् ।

व्हाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले सीधा सन्देशमार्फत ईरानका सर्वोच्च नेता खामेनेईलाई त्यस्तो चेतावनी दिएका हुन् । व्हाइट हाउसको नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले प्रेस ब्रिफिङमा भने,‘ नेता खामेनेईसमक्ष सीधा सन्देश पुर्याइएको छ । ’यद्धपि किर्बीले त्यस विषयमा थप जानकारी दिएका छैनन् ।

पेन्टागनका अनुसार मध्यपूर्वमा बढिरहेको हमलाका बीच करिव ९ सय थप अमेरिकी सैनिकलाई हवाई सुरक्षाका लागि त्यहाँ पठाइएको छ । उनीहरुलाई अमेरिकी नागरिकको सुरक्षाका लागि खटाइएको हो । पेन्टागनले गत एक सातामा इराकमा अमेरिकी सैनिकमाथि कम्तीमा १२ पटक र सिरियामा चार पटक हमला भएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्