झापा, कात्तिक १० । सन्थाल नृत्य आकर्षक भएरै सबैले खोज्छन् । सन्थाल नृत्यबिनाको दशै खल्लो हुन्छ ।

आफ्नै जातीय भेषभूषा , गरगहना र बाजागाजासहित नाचिने सामूहिक सन्थाल नृत्य मन नपराउने कोही नहोला । सन्थालहरुले देखाउने नृत्यमा घोडा नृत्य पनि रमाइलो हुने गरेको छ । कपडाले बेरेर घोडाको आकृति बनाउने र बीचमा मानिस उभिएर घोडाको जस्तो नृत्य देखाउने गरिन्छ । एकजनाले घोडा बन्ने , अरुहरुले बाजा बजाउने , घोडालाई पानी खुवाउने अभिनय गर्दै नाच्ने गर्छन् । आज बिर्तामोड २ चैतुवारीमा लागेको दशै मेलामा प्रस्तुत गरिएको घोडा नृत्यले दर्शकको मन लोभ्याएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्