एजेन्सी । विश्वकप २०२३ को अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेट पराजित गरेको छ । दक्षिण अफ्रिकाले १६ बलको खेल बाँकी छँदा यो जित निकालेको हो ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले चौकाको मद्दतले विजयी रन बटुले । उनले कूल ७ रन बनाए ।
यो जितसँगै दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १० अंक भएको छ । भारतको पनि समान १० अंक छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ ।पराजयसँगै पाकिस्तान भने चार अंकमै सीमित रह्यो ।

जितका लागि २ सय ७१ रन पछ्याएको दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेट गुमाएर विजयी रन बनायो । यो जितका नायक एडेन मारक्रम रहे । उनले ९३ बलमा ९१ रन बनाए । त्यसमा ७ चौका र ९ छक्का सामेल थियो ।बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिएका थिए । हरिष रउफ, मोहम्मद वासिम र उसामा मीरले समान २–२ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । त्यसमा दुई अर्धशतकीय इनिङ्स समावेश रह्यो । कप्तान बाबर आजमले ६५ बलमा ५० रन बनाए । यस्तै साउद साकिलले ५२ रनको योगदान दिए । सादब खानले पनि ३६ बलमा ४३ रन बनाए ।

दक्षिण अफ्रिकी बलरमध्ये ताब्रिज साम्सीले ६० रन खर्चेर ४ विकेट लिए । माक्रो जनसेनले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्