एजेन्सी । अमेरिकाले सिरियामा गरेको हवाइ हमलाबाट इरानी हतियार डिपो ध्वस्त भएको छ ।

पेन्टागनका अनुसार २६ अक्टुबरमा सिरियामाथि भएको हमलाका क्रममा एफ–१६ र एफ– १५लडाकु विमान प्रयोग गरिएको थियो । अमेरिकी रक्षा विभागले आफ्ना लडाकू विमानले सिरियामा हमलाका क्रममा ईरानी सेनाका तर्फबाट प्रयोग गरिएको एक हतियार भण्डारलाई ध्वस्त बनाएको जनाएको छ । पेन्टागनका अनुसार सो भण्डार ईरानको इस्लामिक रिभोल्यूसनरी गार्डले प्रयोग गरिरहेको थियो ।

अमेरिकाले सो हमला आफ्ना नागरिकलाई बचाउन गरिएको दावी गरेको छ । हमलाबाट मानवीय क्षति नभएको जनाइएको छ । पेन्टागनका ब्रिगेडियर जनरल पैट राइडरले १७ अक्टुबरदेखि इराक र सिरियामा अमेरिकी र गठबन्धनका सुरक्षाकर्मीमाथि २० भन्दा बढी हमला भएको बताए । त्यसमा अधिकांश हमला रकेट र वन वे ड्रोनबाट गरिएको हो । यद्धपि ती हमलालाई असफल पारिदिएको अमेरिकाले दावी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्