झापा, कात्तिक ११ । नेपालले इजरायल र प्यालेस्टाइनको हमास समूहबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान गरेको छ।

संयुक्त राष्ट्रसंघ (यूएन) को महासभामा भएको मतदानमा नेपालले युद्ध रोक्ने पक्षमा मतदान गरेको हो। युद्ध रोक्ने पक्षमा १२० मत परेपछि महासभाले प्रस्ताव पारित भएको घोषणा गरेको छ। प्रस्तावको पक्षमा १२० मत परेको छ भने विपक्षमा १४ देशले मतदान गरेका छन्। नेपालले पक्षमा मतदान गर्दा भारतसहित ४५ देशले भने मतदान गरेनन्।

गएराति महासभाबाट प्रस्ताव पारित भएपछि शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गरिएको छ। यद्यपि इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको छ। इजरायल हमासबीचको युद्धको आज २२ औं दिन हो। अक्टुबर ७ मा हमासको हमलापछि संयुक्त राष्ट्रसंघको पहिलो औपचारिक प्रतिक्रिया आएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्