झापा, कात्तिक ११ । मोरङको पथरी शनिश्चरेस्थित सेल्फी रोड अगाडि दुर्घटना भएको छ ।


आज साँझ पूर्व आउँदै गरेको मोटरसाइकल र बिपरित दिशाबाट गइरहेको भारत सिक्किम सरकारको सरकारी स्कोर्पियो एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाईकलमा सवार २ जना गम्भीर घाईते भएर उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्