झापा, कात्तिक ११ । मोरङको रतुवामाईमा नाबालक छोरा र आमा आफ्नै घरभित्र झुन्डिएको अस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो करिब ४ बजे रतुवामाई नगरपालिका–६ स्थित किसन हस्दाकी श्रीमती २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
जस्ता पाताको छाना भएको सामान्य घरको भुइँतल्लामा सलले पासो लगाएर २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

घरबाहिर रहेका किसनले अपराह्न घरमा पस्दा दुवैजना झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। छोरालाई झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। घटना हुँदा घरको ढोकाको चुक्कुल भित्रबाट लगाइएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्