एजेन्सी । नेदरल्यान्ड्सले विश्वकप क्रिकेट २०२३ मा अर्को स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा शनिबार बंगलादेशलाई ८७ रनले पराजित गरेको छ । यस विश्वकपमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो र यससँगै उसको ४ अंक भएको छ ।

बंगलादेश भने एकै जितमा सीमित रहेर २ अंकको कमजोर स्थितिमा छ । यो हारले बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना पनि समाप्त हुने संघारमा पुगेको छ । इडेन गार्डेनमा भएको खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै ५० ओभरमा अलआउट हुनु अगाडि २ सय २९ रन बनाएको थियो । कमजोर सुरुवात गरेको नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले ४१ र कप्तान स्कट एडवार्ड्सले ६८ रन बनाए ।

जवाफमा बंगलादेशले ४२.२ ओभरमा अलआउट हुनु अगाडि १ सय ४२ रनमात्र बनाउन सक्यो । उसका लागि मेहदी हसनको ३५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । पउल भानले २३ रनमा ४ विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्