झापा ,कात्तिक १२ । मोरङको रंगेली नगरपालिका–५ सतारी टोल नजिकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार दिउँसो नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले को १ प ५७५५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सुनवर्षी नगरपालिका–९ का २२ बर्षीय सन्जुकुमार मण्डलको साथबाट २६० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो । लागूऔषध बरामद भएसंगै मण्डललाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्