झापा, कात्तिक १२ । डकैती मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं.८ बस्ने २८ वर्षीय मोहन साह रहेका छन् । झापा जिल्ला अदालतको गत असोज २४ गतेको फैसला अनुसार डाँका गरेको मुद्दामा ६ महिना कैद र रु.२०हजार जरिवाना तथा पीडित राहत कोषमा रु.४०० जम्मा गर्नु पर्ने फैसला भई साह फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले कात्तिक ५ गते पक्राउ गरेको थियो । आज आइतवार झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्