झापा, कात्तिक १५ । इजरायल र हमासबीच जारी संघर्ष अन्त्य गरी शान्ति संझौता गराउनका लागि चीनले मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरेको छ ।

युद्धको दायरा पुरै मध्यपूर्वसम्म बढ्ने खतराका बीच चीनका विदेश मन्त्री वांग यीले वाशिंगटनमा अमेरिकी अधिकारीहरुसंग छलफल गरेका छन् । अमेरिकाले समाधान खोज्नका लागि चीनसंग मिलेर काम गर्ने तय गरेको छ । मध्यपूर्वका लागि चीनका विशेष राजदूत जाई जुनले अरबी नेताहरुसंग भेटघाट गरिसकेपछि विदेश मन्त्री वांग यीले आफ्ना इजरायली र प्यालेस्टाइनी समकक्षीहरुसंग छलफल गरेका छन् । संयुक्त राष्ट्रसंघको बैठकमा पनि चीनले खुलेर युद्धविरामको वकालत गर्दै आएको छ ।

ईरानसंग राम्रो सम्बन्ध भएका कारण तनाव कम गर्न चीनले भूमिका खेल्न सक्ने विश्वास गरिएको छ । किनकि गाजामा हमास र लेबनानमा हिजबुल्लाहलाई ईरानबाटै सहयोग प्राप्त भइरहेको दावी गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्