झापा, कात्तिक १६ । सन् १९९२ मा नयाँ टिभी हिरो शाहरुख खानको फिल्म ‘दीवाना’ रिलिज भएसंगै एउटा होनहार स्टारको बलिउडमा प्रवेश भएको थियो । त्यो इन्ट्रीसंगै आफ्नो लापरवाही र विद्रोही मनोवृत्तिको साथ, राजा (शाहरुख) ‘दीवाना’ मा मात्र होइन, जनताको हृदयमा नै पनि प्रवेश गरे।

तीे नायकले सन् १९९३ मा ‘बाजीगर’ र ‘डर’ एकपछि अर्को रिलिज हुँदा बक्स अफिसमा हलचल नै मच्चाएका थिए ।

शाहरुखलाई रोमान्सको राजा भनिन्छ तर शाहरुखले रोमान्सबाट होइन एन्टी हिरो बनेर सफलताको पहिलो खुड्किलो चढे । सन् १९९३ मा एन्टी हिरोको रुपमा सुरु भएको ‘बाजीगर’ को यो यात्रा अहिले २०२३ मा ‘जवान’ मा पुगेको छ ।यसको अर्थ शाहरुखले तीस वर्षको अन्तरालमा दुई प्रकारका एन्टी हिरोको यात्रा गरेका छन् ।
अब्बास–मस्तानको फिल्म ‘बाजीगर’ ३० वर्षअघि १३ नोभेम्बर १९९३ मा रिलिज भएको थियो । केही सिरियल र एक–दुई फिल्ममा मात्रै अभिनय गरेका नयाँ नायक शाहरुखले त्यस्तो हत्याराको भूमिका निर्वाह गर्नेछन् भन्ने सायद कसैले सोचेका थिएनन् । शाहरुखले मणि कौलको फिल्म ‘अहमक’ बाट आफ्नो डेब्यू गरेको बताइएको छ । उनले ‘माया मेम साहेब’ जस्ता फिल्महरू पनि गरे। ‘सर्कस’ जस्ता सिरियल गरे । ‘बाजीगर’ ठूलो कमर्शियल फिल्म हो । यो हिट भयो र उनलाई एन्टी–हिरो रोलमा स्थापित गर्यो।

‘दिलवाले दुल्हनिया ले जायेंगे’, ‘दिल तो पागल है’, ‘कुछ कुछ होता है’ यी सबै फिल्म पछि आए र शाहरुखलाई किङ खान बनायो । तर किङ खान बन्ने बाटोमा भन्दा एन्टी हिरोको भूमिकाले शाहरुख खानलाई सफलताको लागि मैदान तयार पारेको थियो । मानिसहरूलाई एक अभिनेतासँग परिचय गरायो, जसमा जोखिम लिने साहस थियो। चाहे त्यो ‘अंजाम’ होस्, ‘माया मेमसाब’ होस् वा ‘ओ डार्लिंग ये है इन्डिया’।

सुपरस्टारडमको यो बाटोमा सहज थिएन, केही फिल्म फ्लप पनि भए । फिल्ममा सुपरस्टारको छविबाट हटेर क्यारेक्टर बन्न नसकेको भन्दै धेरैले उनको आलोचना गरे । नायकबाट शून्य बने ,जब मानिसहरूले शाहरुखको दिन सकियो भन्थे।शाहरुख धेरै वर्षदेखि सिनेमाको पर्दामा देखिएनन्, तर टिभीमा विमल इयाल्चीको विज्ञापनमा अवश्य देखिएका थिए । यसैबीच उनको भनाइलाई लिएर राजनीतिक हंगामा भयो र उनका छोरा जेल परे । तर, शाहरुख भने मौन रहे ।

सन् २०२३ मा शाहरुखले ‘पठान’ र ‘जवान’ बाट आफ्नै शैलीमा जवाफ दिए ।रियल लाइफ र स्क्रिन लाइफको बीचमा रहेका यी क्यारेक्टरहरूमा कसैले शाहरुखमा आफ्नो नायक पाएका छन्, कोही खलनायक र कोही एन्टी–हिरो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्