झापा, कात्तिक १६ । झापा विद्रोहका योद्धा तथा झापाका पुराना वामपन्थी नेता खडानन्द वाग्लेको बिहीबार साँझ निधन भएको छ ।

कलेजोमा क्यान्सर भएर लामो समय पीडित बनेका वाग्लेको ७८ वर्षको उमेरमा निधन भएको झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । वाग्ले साविक बुधबारे गाविसका पूर्व अध्यक्षसमेत हुन् ।

उनको आफ्नै निवास बुद्धशान्ति १ मा निधन भएको वडाध्यक्ष वाग्लेले जानकारी दिए ।
युवावस्थादेखि नै वामपन्थी राजनीतिमा लागेका वाग्लेले झापा विद्रोहका बेला लामो समय भूमिगत राजनीति गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्