झापा, कात्तिक १७ । भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालकसमेत छन्।

मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन, डेढ वर्षका धड्कन नेवार र उनकी भाइबुहारी सुस्मिता नेवारको मृत्यु भएको हो । बिहीबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए।

उनीहरू परिवारै रोजगारीका लागि भारत गएको विश्वकर्माले बताए। ‘यो सिजनको दशैंमा उहाँको परिवार घर आएको थिएन, कम्पनीहरुसँग समन्वय गरेर उतै काम गर्दै हुनुहुँदो रहेछ’ अध्यक्ष विश्वकर्माले भने।
मृतकको शव अन्त्येष्टिका लागि नेपाल ल्याउने वा नल्याउने भन्नेबारे टुंगो लागेको छैन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्