झापा, कात्तिक १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पमा परी भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत उनले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दुःखद घडीमा भारत नेपाली जनताका साथ उभिएको बताएका हुन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको एक्स ह्यान्डललाई मेन्सन गरेर मोदीले सहयोगको लागि तयार रहेको उल्लेख गरेका हुन् ।
‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । दुःखद घडीमा भारत नेपाली जनतासँगै उभिएको छ र सबै किसिमको सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन्,‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’