झापा, कात्तिक २१ । झापा बाह्रदशीका पूर्व जनप्रतिनिधि अमृतलाल राजवंशीको आज विहान निधन भएको छ ।

डाँगीवारी गाउँ पंचायतको तत्कालीन अध्यक्ष, गौरीशंकर माध्यमिक विद्यालय बाह्रदशी–७ को विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बाह्रदशी–६ निवासी अमृतलाल राजवंशी (हाटु पटुवारी) को आज विहान ४ बजे ८७ वर्षको उमेरमा निधन भएको स्थानीय शिक्षक हेम राजवंशीले जनाएका छन् ।

बयोबृद्ध राजवंशी विगत तीन महिनादेखि घरमै थला परेका थिए । उनको आज बिहान ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्