झापा, कात्तिक २१ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु गरी शुक्रबार राति गएको भूकम्पका कारण अति प्रभावित जाजरकोट र रुकुम पश्चिमका कम्तीमा ४ सय १५ विद्यालयमा क्षति पुगेको छ । कणर्ाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पूणर् र आंशिक गरी जाजरकोटका ३ सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति पुगेको हो ।करिब एक सय विद्यालय पूणर् रूपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयका सचिव भोजराज काफ्लेले जानकारी दिए । भवनसँगै केही विद्यालयका आईसीटी ल्याब, पुस्तकालय, घेराबार र सोलार सिस्टममा समेत क्षति पुगेको तथ्यांक छ । भूकम्प प्रभावित जिल्लाबाट मंगलबारसम्म क्षतिको विवरण पठाउन मन्त्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर गरेको छ । कम प्रभावित अन्य जिल्लाबाट शिक्षण संस्थाको विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।भूकम्पमा परी मृत्यु हुनेमध्ये जाजरकोटमा एक शिक्षकसहित ११ विद्यार्थी र रुकुम पश्चिममा १३ गरी २४ जना विद्यार्थीको मृत्यु भएको शिक्षा इकाइले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्