झापा, कात्तिक २१ । भूकम्पबाट प्रभावितहरूलाई उद्धार गरेसँगै सरकारले राहत वितरण कार्यक्रम जाजरकोट र पश्चिम रुकुममा मात्र केन्द्रित गरेको छ । कात्तिक १७ मा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा मात्र १५३ जनाको मृत्यु भएको थियो । मुख्य प्रभावित दुई जिल्ला बाहेक कणर्ाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि भूकम्पले क्षति गरेको छ । तर, ती जिल्लामा केन्द्र सरकारले राहत पठाएको छैन । गृह मन्त्रालयको तथ्याङ्क अनुसार जाजरकोट र रुकुम पश्चिम सहित दैलेख, जुम्ला, सल्यान, अर्घाखाँची, रोल्पा, प्युठान, बैतडी, दाङ र रुकुम पूर्वमा पनि भूकम्पले क्षति गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्