झापा, कात्तिक २२ । झापा ४ मा नेपाली कांग्रेस महासमिति सदस्यको ११ पदमा १९ जनाको उम्मेदवारी परेको छ । यसमध्ये आदिवासी जनजाति महिला कोटामा सीता थेवे निर्विरोध निर्वाचित भएकी छन् ।


खुला ५ कोटामा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका झापा सभापति देउकुमार थेवे, शिवसताक्षी नगरका पूर्व सभापति पर्शुराम ढुंगाना, उत्तम चौलागाईं, किरण भट्टराई र एकराज उप्रेतीले महासमिति सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् ।
यस्तै सोही पदमा सीताराम भट्टराई, उत्तम सुवेदी, भीम राजवंशी र भक्ति सिटौलाले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन परिचालन समितिले जनाएको छ ।

यस्तै खस आर्यको एउटा कोटामा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । पूर्व सामान्य प्रशासन मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका स्वकीय सचिव खड्ग कार्कीले उम्मेद्वारी दर्ता गराएका छन् । कार्कीसंगै शिवसताक्षी ८ का चन्द्रमणि नेपालले पनि उम्मेद्वारी दिएका छन् ।त्यस्तै आदिवासी जनजाति एउटा कोटामा दुई जनाले उम्मेदवारी दिएका छन् । मचिन्द्र शेर्मा र सन्तोषकुमार मेन्याङ्बोले उम्मेद्वारी दर्ता गराएका हुन् ।
खस आर्य महिला एक कोटामा दुईजना महिला नेतृले उम्मेदवारी दिएका छन् । अन्जु थपलिया र देवीकुमारी ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै दुई महिला खुला पदमा धनमाया चिमरिया, लख्खी गणेश र कविता बस्नेतको उम्मेदवारी परेको छ ।
महासमिति सदस्य पदको निर्वाचन भोलि कनकाई उद्योग वाणिज्य संघको सभाहलमा हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्