झापा, कात्तिक २३ । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास राख्छन् । चाडपर्वको समयमा सुनसँगै चाँदीको समेत कारोबार बढ्छ ।तिहारलाई सुनभन्दा चाँदी धेरै खपत हुने चाडका रूपमा लिइन्छ । यो समयमा उपभोक्ताले पूजाआजाका लागि चाँदीको सामग्री किन्ने गर्छन् । सोही कारण पछिल्लो समय दैनिक छ सय किलो धेरै चाँदी बिक्न थालेको महासङ्घको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्