झापा, कात्तिक २३ । प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूले एक महिनाको पारिश्रमिक बराबरको रकम भूकम्प प्रभावितहरूलाई दिने भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने निणर्य गरेका हुन् । बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको पारिश्रमिक भूकम्पपीडितहरुलाई राहतमा उपलब्ध गराउने निणर्य भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्