झापा, कात्तिक २३ । तिहार सुरु हुनै लाग्दा बिजुली पसलहरुमा ग्राहको चहलपहल बढ्दै गएको छ । यो पर्वमा विभिन्न प्रकारका झिलिमिली बत्तीको व्यापार फस्टाउँछ । केही वर्षअघि लोडसेडिङ हुँदा झिलिमिली बत्तीको व्यापार न्यून भए पनि अहिले लोडसेडिङको अन्त्यसँगै व्यापार फस्टाएको छ । तिहारमा उच्च खपत हुने भए पनि नेपालमा झिलिमिली बत्ती उत्पादन हुँदैन । जसले गर्दा आयातमा नेपालबाट करोडौं रकम बाहिरिने गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमकुमार देवकोटाका अनुसार यस वर्ष तिहारका लागि करिब ६० करोडको झिलिमिली बत्ती आयात भएको छ । विद्युतीय व्यवसायीले मात्र ४५ करोडको झिलिमिली बत्ती आयात गरेका छन् भने खुद्रा व्यापारीका तर्फबाट १५ करोडको आयात भएको छ । नेपालमै उत्पादन नहुने भएपछि ९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आयात भएको छ । बाँकी १० प्रतिशत भारतबाट भित्र्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्