झापा, कात्तिक २४ । शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘दिमाग खराब’ लाई देशका प्रमुख मल्टिप्लेक्स हलहरूले उच्च सो उपलब्ध गराएका छन् । चलचित्रले देशभरका मल्टिप्लेक्समा डेढ सय बढी सो प्राप्त गरेको छ । चलचित्रलाई दी क्युएफएक्सले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर गरी ५८ सो दिएको छ भने दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआईले १४ सो, एफक्युबले छ सो, वान सिनेमाजले दुई हलमा गरी १० सो, बिग मुभिज र क्युज सिनेमाजले समान पाँच/पाँच सो, रञ्जना सिनेप्लेक्सले सात सो, सिके सिनेमाजले सो, सिडिसी सिनेमाले तीन सो दिएको छ । समग्रमा हेर्दा चलचित्रको सो उत्साहप्रद रहेको बताएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको अभिनय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्